थप ३८८ मा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्