राँगा व्यापारीको गोली हानी हत्या



नेपालगञ्ज: बर्दियाका राँगा व्यापारी मोहनलाल खटिकको गोली हानी हत्या गरिएको छ । बढैयाताल गाउँपालिका–३ का खटिकलाई गएराति एक बजे घरमै गोली हानेर हत्या गरिएको हो । पाँच जनाको समूहमा आएका लुटेराले खटिकलाई गोली हानेको ज्वाई बालारामले बताए ।

 

‘लुटेराले ४/५ लाख रुपैयाँ लगे, लुटपाट भएको देखेपछि खटिकले प्रतिकार गरे, त्यही बेलामा गोली हानेर उनीहरु भागे,’ ज्वाई बालारामले भने । पेटको बायासाइडमा गोली लागेको थियो । लुटेरा भागेपछि घरपरिवारले खटिकलाई उपचारका लागि नर्सिङहोम नेपालगञ्ज पुर्‍याएका थिए ।

 

उपचार हुन नपाउदै उनको मृत्यु भयो । भैसी व्यापारी खटिकले पैसा राखेको थाहा पाएका व्यक्तिले हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्