भीम रावलको चेतावनी : एमसीसीलाई स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नहोस्



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले एमसीसीसँगको सम्झौताका प्रावधानप्रति आँखा चिम्लेर स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नगर्न नेताहरूलाई चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उनले यस्तो गर्नेलाई देशप्रति गद्दारी गर्नेको कोटीमा इतिहासले राख्ने समेत टिप्पणी गरेका छन् ।

एमसीसी सम्झौता राष्ट्रघाति भएको दाबी गर्दै आएका डा.रावलले सामाजिक सञ्जाल माफर्त बिरोध जनाउँदै आइरहेका छन् । भने उनले एमसीसीका प्रावधान देशको हित विपरित रहेकाले  पास गर्ननहुनेमा समेत जोड दिएका छन् ।

उनले भनेका छन्, एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्