विराटनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



विराटनगर : विराटनगरको मुनालपथमा सोमबार बिहान साढे १० बजे भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबहाक बसले ठक्‍कर दिँदाको १० प ६२५९ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका- ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको छ।

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको उपचारका लागि विराट नर्सिङ होम पुर्‍याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक सिरहा घर भएका २९ वर्षीय दीपेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्