कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने



काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस्ले यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ ।
फागुन १३, १४ र १५ गते गर्ने चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुर प्रदर्शनी आयोजना हुने भएको हो । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै; कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, र बिषादीरहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत सञ्चालन हुनेछन् ।
प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।
प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्