बर्दिवासमा बौद्ध शिक्षा लागू गर्न सम्झौता



महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकामा बौद्ध शिक्षा लागू हुने भएको छ । बुधबार काठमाडौंमा बौद्ध शिक्षा संचालनका लागि लुम्बिनी विश्वविद्यालय र बर्दिवास नगरपालिकाबीच सम्झौता भएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न वज्राचार्य र बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार अब बर्दिवास नगरपालिकाले बौद्ध शिक्षा प्रदान गर्नको कलेज स्थापना गरिनेछ । त्यस्तै बौद्ध दर्शनको ज्ञान, तालिम, खोज एवम् अनुसन्धान गरिने भएको छ ।
सो सम्झौताको रोहवरमा विश्वविद्यालयकोतर्फबाट रजिष्ट्रार डा तिलकराम अचार्य र बर्दिवास नगरपालिकाकोतर्फबाट प्रकाशहरी पोखरेल र कमलीमाया वाईवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्