चीनको बीआरआईबाट सिरिया ऋणको जालमा फस्दै



दमासकस । सिरिया चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न हतारमा सामेल भएको देखिन्छ । कोरोना महामारीले थलिएको युद्धग्रस्त सिरिया चीनको ‘ऋण’ जालमा फस्दै जाने भएको छ ।
सन् २०११ देखि गृहयुद्धमा फसेको सिरियाको अर्थतन्त्र निरन्तर ओरालो लागेको थियो । पछिल्लो तीन वर्षमा कोरोना महामारी थपिएपछि थप संकटमा परेको हो ।
आर्थिक संकटको सामना गरिरहेको सिरियाले आर्थिक पुनरुत्थानको आशामा बीआरआईसँग आबद्ध भएको देखिन्छ । यद्यपि चीनसँग हात मिलाउँदा जोखिमहरू आउनेमा बिचार पु¥याउन भने सिरिया कमजोर साबित भएको द टाइम्स अफ इजरायलले जनाएको छ । बेइजिङका वाचाहरू ठूला छन्, तर कोष र कार्यान्वयन सुस्त रहेको द टाइम्स अफ इजरायलले रिपोर्ट गरेको छ ।
चीनले दमास्कसको निराशालाई प्रोत्साहन गर्दै मध्यपूर्वमा चीनको पाइला बढाउने अवसरलाई अघि बढाएको जनाइएको छ । सिरिया चीनको रडार अन्तर्गत छ किनकि यसले भूमध्य सागरको करिडोरलाई प्रतिनिधित्व गर्दछ । जसले स्वेज नहरलाई बाइपास गर्छ र चीनलाई अफ्रिकी र युरोपेली महाद्वीपहरूमा जोड्छ ।
सिरियाली राष्ट्रपति बसर अल–असद पनि संयुक्त राष्ट्र सुरक्षा परिषदमा प्रत्यक्ष पश्चिमी सैन्य हस्तक्षेपलाई विफल पार्न बेइजिङको पहलबाट प्रभावित थिए । बीआरआईमा सिरियाको प्रवेशले चीनसँगको द्विपक्षीय सहयोग र बीआरआईसँगै अन्य देशहरूसँगको सहयोग बढाउन मद्दत गर्ने र देशमा अमेरिकी प्रतिबन्धको प्रभावलाई रोक्न सक्षम हुने उनले बताएका छन् ।
सिरियाली अर्थतन्त्र युद्धबाट ध्वस्त भएको छ र १२० बिलियन अमेरिकी डलरको पूर्वाधारको ठूलो विनाशको साक्षी छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार युद्धग्रस्त सिरियाको पुनर्निर्माणका लागि करिब २५० देखि ४०० बिलियन अमेरिकी डलर आवश्यक पर्ने छ ।
दमासकसले २०१९ मा ८.९ बिलियन अमेरिकी डलरको कुल बजेट परिव्यय मध्ये पुनर्निर्माणको लागि ११५ मिलियन मात्र विनियोजन गर्न सक्षम भएको थियो । सिरियाले चीनको यी बीआरआई लगानीहरू आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोगी हुने अपेक्षा गरेको छ तर सिरिया भने ड्रागन चीनको मुखमा पस्दै ऋण जालमा फस्ने यात्रा सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्