सभामुख सापकोटासँग माओवादी अध्यक्ष प्रचण्डले गरे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्डले’ले संसद बैठकको पूर्वसन्ध्यामा सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला अध्यक्ष प्रचण्डले सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् ।
लैनचौरस्थित सभामुख निवासमा प्रचण्ड र सभामुखबीच कुराकानी भएको हो । सभामुखसँग प्रचण्डले छलफल गरिरहेका बेला माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका थिए । त्यसपछि सभामुख, प्रचण्ड र श्रेष्ठबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्