संसद्मा ओलीमाथि अपमानजनक व्यवहार भयो



काठमाडौँ । नेकपा एमालेले बिहीबार संसद्मा काँग्रेस सांसदहरूले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेस सांसदहरूले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि काँग्रेस संसदहरु उनलाई रोक्न गएका थिए ।

त्यस क्रममा काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच विवाद भएको थियो । त्यति बेला दुवै दलका सांसदहरूबिच धकेलाधकेलसमेत भयो ।बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेस सांसदहरू सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए ।

काँग्रेसले सांसदलाई मुठभेडमा लैजान खोजेको भन्दै महेश बर्तौलाले अराजकता मच्चाउने जे काम भयो, यसको एमाले संसदीय दलको तर्फबाट भर्त्सना गर्न  बताए । साथै उनले आगामी दिनमा यस प्रकारका असंसदीय व्यवहार प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्