ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु



लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई सहज बनाउने बताए। गर्भवती आमालाई कम्तीमा पनि दुई पटक निःशुल्क सेवा दिइने नगरपालिकाले जनाएको छ।

सुरुमा दुईवटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरिने र पछि १० वटै वडामा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ। ग्रामीण अल्ट्रासाउण्ड मेशिन नगरपालिका आफैँले ५ लाख रुपैयाँमा खरिद गरेको हो। एउटा मेसिन गण्डकी प्रदेश सरकारले सहयोग गरेको थियो। एउटा मेसिन भोर्लेटार स्वास्थ्य चौकी राखेर सेवा दिइएको छ। एउटा रम्घा स्वास्थ्य चौकीमा राखेर सेवा प्रवाह गरिनेछ।

प्रतिक्रिया दिनुहोस्