युक्रेनमा आपतकाल घोषणा



एजेन्सी । युक्रेनमा आपतकाल घोषणा गरिएको छ। रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो। यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्‍‍र्यू लागू गर्न सक्नेछ। पूर्वी युक्रेनमा बिखण्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो। बिखण्डनकारी क्षेत्रका नेताहरूले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ। रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ ।

तर, युक्रेनलगायत पश्चिमेली देशहरूले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् । रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्