पुटिनको विशेष सैन्य कारबाही ‘अनुचित’ : बाइडेन



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाही ‘अनुचित’ भएको बताएका छन् । आफ्नो सम्बोधनमा क्रममा उनले भने, ‘राष्ट्रपति पुटिनले पहिलादेखि नै तयार भएको युद्धको छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउनेछ ।’

रुसी राष्ट्रपतिको घोषणाको प्रतिक्रिया दिँदै बाइडेनले भने, ‘पूरा विश्वको प्रार्थना युक्रेनका जनतासँग छ ।’ राष्ट्रपति बाइडेनले युद्धको विनाशको जिम्मेवार रुस एक्लै हुने पनि बताए । ‘यस युद्धबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुनेछ’, उनले भने ।

राष्ट्रपति बाइडेनले अमेरिका र उसका सहयोगीहरू एकजुट भएर यस हमलालाई निर्णायक रूपमा जवाफ दिने चेतावनी पनि दिएका छन् । उनले आज जी-७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्