युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत



एजेन्सी । युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन् । युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिबिधि बढ्दो छ ।

रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ । रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

केही मिसाइलहरुले युक्रेनी सेनाको मिसाइल कमान्ड सेन्टर र किभस्थित हेडक्वार्टरमा हमला गरेको त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका विवरणहरु पनि आएका छन् ।

तथापि, यसको कुनै पक्षले पुष्टि गरेका छैन् । युक्रेनी सहरमा हमला भएको विवरणलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । युक्रनका सैन्य पूर्वाधार, हवाई रक्षा र ‘मूल्यवान हतियार’ युक्त हवाई फौजलाई निशाना बनाएको मस्कोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्