निर्वाचन प्रयोजनका लागि ५१ राजनीतिक दलको निवेदन



काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माआवादी केन्द्रले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्