कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने



सुर्खेत : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि शाही विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि १४ गते प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन् ।

बैठक मंसिर १४ गते दिउँसो १ बजेका लागि तय गरिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १६८ ९४० बमोजिम मुख्यमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्