युक्रेन सरकारको निर्देशन : ‘सडक चिह्नदेखि यातायात केन्द्र भत्काउनुहोस्’



एजेन्सी । युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ ।  युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो ।

‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ ।

यी हुन सरकारले जारी गरेको निर्देशन : 

–  सडक चिह्नहरु हटाउनू

– रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल

– घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर

– प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस

– रात वा गोधुलीमा बढी सक्रीय हुनु ।

प्रतिक्रिया दिनुहोस्