झलनाथले भने-‘एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसद्मा पेस गर्नुपर्छ’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताएका हुन् ।

एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्रोत रहेको भन्दै आफैंले यस्ता आयोजना पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्