जिप दुर्घटनामा बेपत्ता भएकाको कुश बनाएर सामूहिक दाहसंस्कार



हुम्ला : कर्णाली नदीमा जिप दुर्घटनामा बेपत्ता भएकाहरूको पुत्ला बनाएर सामूहिक दाहसंस्कार गरिएको छ। बेपत्ता भएको ३ दिनसम्म पनि केही पत्ता नलागेपछि बिहीबार आफन्तहरूले पराल र कुशको पुत्ला बनाई नौ जनाको अन्त्येष्टि गरेका छन्।

बेपत्ताहरुको पुत्लालाई लास बनाएर खार्पुमा रहेको कर्णाली नदीको किनारमा अन्तिम संस्कार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए।

पुत्ला बनाएर खार्पुनाथ गाउँपाकिलाका उपाध्यक्ष सिन्दु हमाल शाही, उनका भाई चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, गाडी चालक मणी शाहीको दाहसंस्कार भएको उनले बताए। मंगलबार कर्णाली नदीमा जीप खस्दा ११ जना बेपत्ता भएका थिए।

यसैबीच बेपत्ता यात्रु तथा जीपको खोजीका लागि नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा कुरिनटारबाट आएको गोताखोरको टोलीले घटनास्थलमा दुई दिनदेखि खोजी कार्य जारी राखेको भए पनि केही पत्ता लाग्न सकेको छैन। 

 

प्रतिक्रिया दिनुहोस्