यदि पुटिन असफल भए…



जोन सिम्पसन

यो एउटा युगको अन्त्य भएको जस्तै हो । सन् १९५९को नोभेम्बरमा बर्लिन पर्खाल ढलेपछि हामीले सोचेका थियौँ पूर्व र पश्चिमबीचको पुरानो विभाजन अब इतिहास बन्यो । पुँजीवाद र साम्यवादबीचको वैचारिक भिन्नता समाप्त भएर हामी एउटै पक्षमा आइपुग्यौँ भन्ने भावना विकास भएको थियो ।
तर कुनै समय पूर्वी जर्मनीमा केजीबी जासुस रहेका भ्लादिमिर पुटिनको लागि सोभियत सङ्घको पतन व्यक्तिगत आक्रोशको विषय बन्यो र उनमा यो रोष समयसँगै बढ्दै गयो ।
कुनै समय सोभियत सङ्घको महत्वपूर्ण हिस्सा रहेको युक्रेन रुसी सङ्घबाट छुट्टिएर बनेको तथ्य पुटिनले विश्वास गर्दै आएका हरेक कुराको लागि एक अपमान जस्तै थियो ।
नयाँ युक्रेनी राज्यलाई मान्यता दिँदै रुसले अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको भए पनि केही फरक पर्ने वाला थिएन । तर सन् २०१४ सम्ममा राष्ट्रपति पुटिनले युक्रेनको रुसी सीमामा अवस्थित क्राइमियालाई कब्जा गर्ने बाटो पहिल्याइसकेका थिए । उनले उक्त देशमा रुसी सेनालाई घुसपैठ गराइदिए ।
रुसले क्राइमियाको बाहिरी देशहरूसँगको सम्पर्क अवरुद्ध ग¥यो र त्यहाँ बसोबास गर्ने अधिकांश रुसी मूलका मानिसहरूबीच जनमत सङ्ग्रह गराएर उक्त देशलाई रुसको अङ्ग बनायो । रुसको उक्त कदम अन्तर्राष्ट्रिय कानुन विपरीत भए पनि पश्चिमा देशहरूले रुससँग आफ्नो सम्बन्ध कायम राखिरहनेमा पुगे ।
वक्तव्यवाजी र प्रतिबन्धहरू भए पनि पुटिन र उनका सहयोगीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य पार्ने कुनै कदम चालिएन । पुटिनले शत्रु र देशद्रोही ठानेका व्यक्तिहरूलाई ब्रिटेन र युरोपमा विष खुवाइयो र गोली समय प्रहार भयो । पश्चिमाहरूले त्यसको प्रतिक्रिया स्वरूप नयाँ प्रतिबन्धहरू लगाए तर रुस प्रतिबन्धहरूको सामना गरेर अघि बढ्न तयार भइसकेको थियो ।

चीनसँग नयाँ गठबन्धन
विगत एक दशकयता रुसले चीनसँग छुट्टै गठबन्धन बनाएको छ । त्यो पश्चीमाहरूको विरोधका लागि मात्रै होइन तर दुई देशले पश्चिममा आलोचनाबीच एक अर्कालाई सहयोग गर्दै आएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति पुटिनले पारस्परिक सहायता समूह निर्माण गरेका छन् । अहिले चीनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरिरहेको छ ।
चीनबाट टुक्रिएको ताइवानलाई आक्रमण नगर्ने भनेर राष्ट्रपति सी जिन्पिङले कहिल्यै बताएका छैनन् । त्यहाँका नागरिकहरू युक्रेन पछि आफ्नो देशको पनि पालो आउनेमा चिन्तित देखिएका छन् ।
विगत केही वर्ष अघि भन्दा अहिलेको विश्वमा चिन्ताहरू थपिएका छन् । शीतयुद्धको समय यो भन्दा सहज थियो र नियमहरू प्रस्ट थिए ।
एउटा देशले अर्कोको स्थानमा प्रवेश गर्दा विनाश हुने आकलन गरिए पनि त्यस्तो कहिल्यै भएन । धेरै पटक देशहरू युद्धको नजिक पुगे पनि संयमता अपनाए ।
तर साम्यवादको समाप्तिसँगै नियमको किताब च्यातेर फालियो । अहिले विभाजनको सीमा यति अस्पष्ट छ कि रातो रेखा कहाँ छ भन्ने कसैलाई थाहा छैन ।
अहिले प्राज्ञ र राजनीतिज्ञहरू सहितका विज्ञहरूले बर्लिन पर्खाल ढलेपछि नेटोले आफ्नो शैली बदल्नुपथ्र्यो भनिरहेका छन् ।
नेटोले रुसलाई अपमानित हुनेगरी पूर्वी युरोपस्थित रुसका स्याटलाइट राज्यहरूमा नियन्त्रण लिने काम गर्नु नहुने र पुटिनको रुसलाई भिडन्तको लागि तयार गर्नु नहुने उनीहरूको मत छ ।
मुख्यतः युक्रेन कुनै दिन नेटोको सदस्य बन्न सक्छ भन्ने कुराले रुस चिढियो । जसका कारण राष्ट्रपति पुटिन युक्रेन मामिला एउटै कदमबाट हल गर्नुपर्ने निष्कर्षमा पुगे ।
यो पुटिनको नीति हो र यसमा उनी मात्रै संलग्न छन् । किनभने धेरै रुसी अधिकारी र राजनीतिज्ञहरूले युक्रेनमाथि आक्रमणको विपक्षमा खुला अभिव्यक्ति दिएका थिए । तर पुटिन आफ्नो निर्णयमा दृढ रहे । अब यो मामिलामा रुसमाथि पर्न उसले विजय हात पार्नुपर्ने बाध्यता छ । तर यस्ता सैन्य कारवाहीहरू विगतमा असफल पनि भएका छन् ।
आठ वर्षअघि क्राइमियामा पुटिन सफल भएपछि देशभित्र उनको स्थिति बलियो भयो । यो पटक उनी सफल पनि हुनसक्छन् । रुसी सेनाले युक्रेनी सेनालाई हराउन सक्छन्, ठूलो भूभाग कब्जा गरेपछि आफ्नो देश फर्केर विजय उत्सव मनाउन सक्छन् ।
पुटीन असफल हुने सम्भावना पनि छ । यदि रुसी फौजले युक्रेनमा ठूलो मात्रामा ज्यान गुमाउन थाले र रुसमाथि लगाइएको प्रतिबन्धको प्रभाव देखिन थाल्यो भने पुटिनको आफ्नै शक्ति पनि धरापमा पर्न सक्छ ।
त्यसपछि उनले के गर्छन्? भन्ने प्रश्नको एउटै जवाफ छ, उनले आन्तरिक आलोचना दबाउन राष्ट्रिय सुरक्षाको नाममा यसअघि चालेका भन्दा कठोर कदम चाल्न सक्छन् । विगतको तुलनामा रुसी समाज आश्चर्यजनक रूपमा खुला हुँदै गएको छ ।
त्यो अवस्थामा खुलापन पनि समाप्त हुनेछ । रुसी अर्थतन्त्र धराशायी हुनेछ र चिनियाँ सहयोग पर्याप्त हुनेछैन ।
त्यस अवस्थामा ३० वर्षअघि सोभियत सङ्घको विघटनका कारण आक्रोशित भएर युक्रेनमाथि आक्रमणमा अघि सरेका भ्लादिमिर पुटिनले रुसलाई पुन सोभियत सङ्घकै अवस्थामा पु¥याउन सक्छन् ।
अनि आफूहरूले सम्बन्ध कायम राख्न सक्ने अर्को एउटा मुलुकका रूपमा मात्रै लामो समयदेखि रुसलाई हेरिरहेका पश्चिमा देशहरूले दण्डसहित पुराना दिनहरू फर्किएको ठान्न सक्छन् ।

सिम्पसन बीबीसीका विश्व मामिला सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्