तरुण दल उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ



बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि देवकोटालाई आज कोहलपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

आक्रमणमा आठ जनाको संलग्नता रहेको र सबैलाई पक्राउ गरिने उनले बताए। पीडितको जाहेरीपछि मुद्दा प्रक्रिया अगाडि बढाइने सिंहले बताए। 

 

प्रतिक्रिया दिनुहोस्