आयुष्मानको ‘बधाई हो’ ले कमायो सय करोड



 

काठमाडाै‌ :  बलिउडमा यो बर्ष बिषयवस्तु बलियो भएका चलचित्रले व्यापार राम्रो गरिरहेका छन् । यो बर्ष रिलिज भएका धेरै चलचित्रको व्यापार अपत्यारिलो यसैले पनि भएको देखिन्छ ।

यो बर्ष रिलिज भएको सानो बजेटको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी मारेको छ । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा रिलिजको सत्रौ दिनमा १ सय करोडको आँकडा छोएको हो । योसँगै यो बर्ष बलिउडमा सय करोड कमाउने चलचित्रको संख्या १० पुगेको छ ।

आयुष्मानको भूमिकालाई लिएर पनि खुबै प्रशंसा भैरहेको छ । बलिउडमा आयुष्मानको उदय भएको चर्चा समेत हुन थालेको छ । यसअघि चलचित्र ‘स्त्री’ले पनि अपत्यारिलो रुपमा सय करोडको आँकडा पार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्