अष्ट्रेलिया पुगेर बेहुली बनेकी श्वेता (फोटोफिचर)



काठमाडौं : चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्का अहिले अष्ट्रेलियामा रमाएकी छिन् । उनी केहि दिन अगाडि मात्र अष्ट्रेलिया पुगेकी हुन् ।

Image may contain: 1 person, closeup

उनी, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् । अटिजम स्कुलको लागि फन्ड कलेक्शन गर्न आयोजना भएको कार्यक्रममा सहभागी हुन श्वेता अष्ट्रेलिया पुगेकी थिइन् । उनले केही दिनमै आफू नेपाल फर्किने समेत बताएकी छिन् ।

सुन्दरी नायिका श्वेताले  अष्ट्रेलिया पुगेर फोटोसुट गराएकी छिन् । बेहुलीको भेषमा फोटोसुट गराएकी उनी निकै नै सुन्दर र आकर्षक देखिएकी छिन् । उनले एक विज्ञापनका लागि फोटोसुट गराएको जानकारी दिएकी छिन् । 

Image may contain: 1 person, standing

केही समय पहिले गर्दनको शल्यकृया गरेकी श्वेता सिन्धुपाल्चोकको माझी बस्तीमा बनिरहेको एकिकृत नमुना बस्ती चाँडै सकेर स्थानियलाई हस्तान्तरण गर्ने दौडमा लागिरहेकी छिन् । यसैबीच आइतबार माझी बस्ती निर्माणका लागि च्यारेटी कार्यक्रम हुन लागेको उनलेले जानकारी दिइन् । 

यी तस्विरहरु उनको फेसबुकबाट लिइएको हो ।

 

Image may contain: 1 person, ocean and text

प्रतिक्रिया दिनुहोस्