भगवती क्लबलाई टोखा नगरपालिकाको साथ



काठमाडौं । सहिद स्मामरक ‘बी’ डिभिजन लिग खेल्दै गरेको श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ। प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए।

क्लबको ३१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेमा यस रकममा वृद्धि गरि अर्को वर्षदेखि ५० लाख पुर्‍याउने प्रतिबद्धता जनाए। क्लबलाई ‘बी’ डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघसंस्थाले पनि सहयोग गरेको क्लबका पूर्वअध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रमेश नापितले जानकारी गराए।

आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगवती क्लबले सुखद सुरुवात गरेको छ। प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। जारी लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसबाट २ टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

प्रतिक्रिया दिनुहोस्