तिहारमा के खालान् साइपालवासी ?



बझाङ : बझाङको सबैभन्दा दुर्गम गाउँपालिका साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएकाे छ । विगतका वर्षजस्तै यसवर्ष पनि साइपालबासी खाद्यान्न अभावकाे चपेटामा बाँच्न बाध्य भएका छन् ।

 

टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भएको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । सो कार्यालयले हालसम्म अछाममा ५६१ क्विन्टल, बाजुरामा ५०० र दार्चुलाको खण्डेश्वरीका लागि २०० क्विन्टल चामल पठाउनबाहेक अन्य जिल्लामा पठाउन नसकेको जनाएको छ ।

 

बाँकी रहेका ठाउँका लागि दशैँ अगाडि नै चामल पठाउने प्रयास गरिरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले बताएका थिए । तर दसैं सकिएर तिहार अाउँदासमेत सुदूरका पहाडी जिल्लामा अझैं खाद्यान्न ढुवानी हुन सकेकाे छैन ।

 

चामल पठाउन नसके पनि समस्या नभएकाे भण्डारीले दसैं अगाडी दाबी गरेका थिए । उनले भनेका थिए, "सकेसम्म दशैँ अगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास भएको छैन”, उनले दाबी गरे, “रहेका छौँ ।” प्रदेशमा सबैभन्दा बढी गरीबी रहेको बाजुराको मार्तडीका लागि वार्षिक सात हजार, कोल्टी डिपोका लागि १० हजार, दार्चुलाको खण्डेश्वरीका लागि तीन हजार, सुनसेरा र पारिबगरका लागि दुई-दुई हजार क्विन्टल चामलको कोटा रहेको छ ।

 

अछामको विनायक र कमल बजारका लागि चालू आवमा चामल गएको छैन । दुवै ठाउँका लागि वार्षिक तीन हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । बैतडीको पुलाउ, पुर्चौडी र मेलौलीका लागि पनि चामल ढुवानी हुन सकेको छैन । खाद्य सङ्कटमा रहेको बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन ।

 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्वीन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमा समेत मागअनुसार चामल ढुवानी नहुँदा आपूर्तिमा कठिनाइ भइरहेको सदरमुकामस्थित खाद्य संस्थानको डिपोले जनाएको छ ।

 

साइपाल गाउँपालिका स्थानिय जनप्रतिनिधी, जिल्ला र केन्द्रका सम्मका नेताहरुले दसैं अगाडि नै साइपाल गाँउपालिकामा खाद्यान्न आपुर्ति गर्ने भनेपनि अहिलेसम्म खाद्यान्न आपुर्ति नगरेको साईपाल गाँउपालिका-४ धुलीका स्थानीयवासी मिन बहादुर बोहराले बताए ।

 

उनले भने जिल्लादेखी केन्द्रका नेताहरुले दसैं अगाडी विभिन्न सञ्चार माध्यमहरुमा १ हजार कुन्टल र दसैं पछाडी ५ हजार कुन्डल खाद्यान्न ढुवानी गर्ने जनाए पनि अहिलेसम्म ढुवानी नभएकाे गुनासो गरे ।

 

अहिले साइपाल गाँउपालिकाका स्थानिय व्यापारीहरुले सदरमुकाम चैनपुर बजारमा ४० प्रतिकेजी पाइने चामल गाउँपालिकामा १ सय ५० रुपैंयाँ, १ किलो गहुँको ७० रुपैंयाँ, एक प्याकेटको ५० रुपैंयाम र एक प्याकेट खाने तेलकाे १ सय ५० रुपैंयाँमा पर्ने गरेकाे साइपाल गाउँपालिका-४ का सिउमल रोकायाले बताए ।

साइपाल गाउँपालिकाबाट सदरमुकाम चैनपुरमा बजार आउन मात्रै तीन दिन लाग्छ ।

प्रतिक्रिया दिनुहोस्