तीन दिन ठूला सवारी सञ्चालनमा रोक



रसुवा : पासाङ ल्हामु मार्गको रसुवा खण्डमा ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ। सडक खण्ड अन्तर्गत कालिका गाउँपालिका–३, इँटपारेमा कल्भर्ट मर्मतको काम सुरु भएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको हो।

शनिबारदेखि हलुका गाडीलाई पनि मुख्य सडकबाट डाइभर्सन गरेर बनुवा घुम्ती हुँदै कालिकास्थान पठाइएको छ। तीन दिनका लागि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

ठूला गाडीले अबको तीन दिन बेत्रावती–धुन्चे–बाह्रघुम्ती सडक खण्डको विकल्पमा मैलुङ–स्याफ्रुबेसी सडक खण्ड प्रयोग गर्न सक्ने डिभिजन प्रमुख निरज शाक्यले बताए।

प्रतिक्रिया दिनुहोस्