पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध पाकिस्तानको राम्रो सुरुवात



काठमाडौं । इमाम उल हकले शतक बनाएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो सुरुआत गरेको छ ।
अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्किएको हो । रावलपिन्डी क्रीकेट मैदानमा पाकिस्तानका कप्तान बाबर अजामले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए । कप्तानको निर्णयलाई इमाम उल हकले सही सावित गरिदिएका थिए ।
इमाम उल हकले १५ चौका २ छक्कासहित अविजित १३२ रन बनाएका छन् । उनले पहिको विकेटका लागि पहिलो विकेटका लागि अब्दुल्लाह सफिकसँग १०५ रनको साझेदारी गरे । सफिकले ४४ रन बनाए । पहिलो दिन सकिँदा इमाम उल हक १३२ र अजहर अली ६४ रन बनाएर क्रिमा छन् । दुईले दोस्रो विकेटका लागि १४० रनको अविजित साझेदारी गरेका छन् । भ्रमणकारी अस्ट्रेलियाका लागि नाथन लियोनले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्