विराटनगरमा ‘इक्वालिटी कप’ क्रिकेट हुने



विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा प्रथम ‘इक्वालिटी कप क्रिकेट’ हुने भएको छ । विराटनगरमा आयोजकले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन २१ देखि फागुन २४ गतेसम्म बैजनाथपुर क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउन्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरी ३ जिल्ला र मधेस प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सभागी हुने उनले बताए । यसपालि पहिलोपटक भएकाले ४ टिम सहभागी भएको र आगामी वर्ष थप जिल्ला समावेश गरी यसलाई बृहत बनाउने योजना रहेको श्रेष्ठले बताए ।
लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलले फाइनले खेल्ने आयोजकले जनाएको छ । खेल टी–२० फम्र्याटमा खेलाइने छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्