एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । चुनाव र एमसीसीबारे छलफल गर्न फागुन २५ र २६ गते काठमाडौंमा बैठक बस्ने संगठन विभागका सचिव लक्ष्मण केसीले बताएका छन् ।

बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले बताए ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्