थप ५३८ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्