भेरीमा नुहाउन गएका २ बालकको डुबेर मृत्यु



डोल्पा : भेरी नदीले बगाएर २ बालकको मृत्यु भएको छ। नुहाउन नदीमा गएका त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका दुई बालकको भेरीले बगाएर मृत्यु भएको हो।

खदाङ्गस्थित हरियापनी भन्ने ठाउँमा भेरीको नदीको किनारमा पौडी खेलीरहेका बेला भेरीको छालले बगाएर उनीहरूको मृत्यु भएका हो। मृत्यु हुनेमा ल्हाँ गाउँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपाली रहेका छन्।

उनीहरू मष्टा आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यायनरत थिए। भेरीले बगाएर मृत्यु भएका विमलको शव भेटिए पनि बीरबहादुरको भने शव पत्ता नलागेको प्रत्यक्षदर्शी जयकृष्ण न्यौपानेले बताए।

वर्षात सुरु भएसँगै भेरी नदीको बहाव बढेकाले कोही कसैलाई पनि भेरी किनारमा नजान इलाका प्रहरी कार्यालयले खदाङ्ग बजारमा माइकिंगमार्फत सुचना दिएर सचेत गराइरहेको सई प्रमबहादुर बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्