जनकपुरमा मदिराजन्य पदार्थको विक्री वितरणमा रोक 



जनकपुरधामः स्थानीय प्रशाशनले जनकपुरमा दीपावली देखि छठसम्म मदिरा जन्य पदार्थको विक्री वितरण र सेवनमा रोक लगाएका छन । जिल्ला प्रशाशन कार्यालय धनुषामा आज भएको बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमैं धनुषाको प्रमुख जिल्ला अधिकारि प्रदीपराज कंडेलले  स्थानीय प्रहरी , नागरिक समाज र सरोकारबालालाई भेला ग़री पर्व को बेला धनुषाको शान्ति सुरक्षा कसरी राम्रो गर्ने बारे छलफल गरेका छन ।

प्रमुख जिल्ला अधिकारी कंडेलकै अध्यक्षताम भएको बैठकमा  मदिरा जन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाने साथै यस्तो कार्य गरेको पाइएमा तत्काल कानून बमोजिम कार्यवाही गर्ने निर्णय गरेका छन ।

 

बैठकमा धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलिया, नेपाली शेनाका गणपति भोला पांडेय, सशश्त्र प्रहरीका प्रतीनिधि, रास्ट्रीय अनुशन्धानका प्रहरी उपरिक्षक शेर जंग बहादुर चंद र जनककपूर उद्योग बाणिज्य संघका प्रतीनिधि समेतको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।

 जिल्लामा शान्ति सुरक्षा कायम गर्न र पर्वलाई भय रहित मनाउन मदिरा जन्य पदार्थको विक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले बताएका छन ।

आजै पद भार ग्रहण गरेका प्रमुख जिल्ला अधिकारी कंडेल यस अघि धनुषाका संचारकर्मी संग भेटघाट समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्