एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने एकीकृत समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन छलफल हुने नेताहरूको भनाइ छ । पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पनि बैठकमा छलफल गर्नेछ।

प्रतिक्रिया दिनुहोस्