महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 



दार्चुला: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रवार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धार चुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका साढे ६ बजेसम्म शिफ्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात् महाकाली नदीमा जल स्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएकोले भए पनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्