राष्ट्रियसभामा एमालेको नेता खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल



काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरिएको छ । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेका हुन् ।

त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त भएका छन् । यसअघि विशाल भट्टराई प्रमुख सचेतक थिए । दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा हुनुभएकाले भट्टराईलाई बनाइएको हो ।

राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई भएका छन्। अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई एमालेको पोलिटव्यूरो सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्