नेप्से ४ प्रतिशले बढ्यो



काठमाडौं। आज नेप्से परिसुचक बढेको छ । आज नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ। कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ। अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ।

दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन्। जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ। कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रकोमात्रै मूल्य घटेको छ। बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ।

प्रतिक्रिया दिनुहोस्