जसपा सांसद् प्रदीप यादवमाथिको कारबाही फिर्ता



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदीप यादवलाई गरिएको कारबाही फिर्ता लिएको छ। फागुन १३ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । मंसिर ५ गतेको कार्यकारिणी समिति बैठकले यादवलाई अनुशासनसम्बन्धी कारवाही गरेको थियो ।

‘यही फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो कारबाही फिर्ता लिने निर्णय गरिएको व्यवहोरा अवगत गराइन्छ’, गत १८ गते जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा यादवलाई पठाइएको पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्