एमाले निकट निजामती कर्मचारी संगठनकाे अध्यक्ष्यमा कोइराला सर्वसम्मत



काठमाडौं- नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार सम्पन्न ११औँ राष्ट्रिय अधिवेशनले कोइरालाको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ।

मुलुकभरबाट करीब १ हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्