एमाले सचिवालय बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो।  बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

दुबै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानकारी दिए । स्थानीय निर्वाचन आउन मुस्किलले दुई महिना बाँकी छ । निर्वाचन अभियान आक्रामक ढंगले  सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्