राहत तथा क्षतिपूर्ति माग गर्दै किसानहरुको प्रदर्शन



बर्दिया । गत कात्तिक २ गतेको बेमौसमी वर्षासँगै आएको बाढीबाट धानबाली क्षति पुगेका किसानले राहत तथा क्षतिपूर्ति माग गर्दै बुधबार प्रदर्शन गरेका छन् ।
सरकारले बेमौसमी वर्षाबाट क्षति पुगेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि प्रदर्शन गर्दै नारावाजी गरेका छन् ।
एमाले निकट किसान संगठनको आहृवानमा उनीहरूले विभिन्न नारा लगाउँदै गुलरिया बजार परिक्रम गरी जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा घेराउ समेत गरेका थिए ।
किसानको माग अविलम्ब पूरा नगरिए कडा आन्दोलनमा उत्रने किसान अगुवा राजकुमार वर्माले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्