८२ संक्रमित थप, शुन्य मृत्यु



काठमाडौं । देशभर बुधबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन् । २१३ जना संक्रमित निको समेत भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

प्रतिक्रिया दिनुहोस्