भोटेकोशीस्थित गुम्बाडाँडामा १ घरमा आगलागी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी–४ मा करेन्ट सर्ट हुँदा आगलागी भएको छ। बुधबार पौने ९ बजेको समयमा सिन्धुपालचोकको भोटेकोशी गाउँपालि–४ गुम्बाडाँडास्थित छिनुर्बु शेर्पाको घरमा अचानक बिजुलीको करेन्ट सर्ट भई आगो लागि भएको हो।

शेर्पाको इँटा, बालुवा र सिमेन्टले बनेको जस्ताको छानो भएको दुई कोठा भएको एक तले घरमा अचानक बिजुलीको करेन्ट सर्ट भई आगो लागेको सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक कुमार बस्नेतले बताए।

घर पूर्ण रूपमा जली अन्दाजी दश लाख बराबरको क्षति भएको मानवीय तथा चौपाया क्षति नभएको बस्नेतले बताए। स्थानीय र प्रहरीको सहयोगमा १५ मिनेटपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्