यु-१८ महिला साफ: नेपालले आज बङ्गलादेशको सामना गर्दै



काठमाडौं । पहिलो खेलमा आयोजक भारतसँग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । जमसेदपुरमा हुने खेल साँझ  सवा ७ बजे सुरु हुनेछ ।

बङ्गलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ। यद्यपि प्रीति राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजीमा छ। यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ । डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ । 

प्रतिक्रिया दिनुहोस्