गालातासारेलाई पराजित गर्दै बार्सिलोनालाई क्वार्टरफाइनलमा  



काठमाडौं । घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।टर्की स्तानबुलमा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो ।

यस संगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए । पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्