एभर्टनको रोमाञ्चक जित



काठमाडौं । इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको छ। घरेलु मैदान गुडिसन पार्कमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो  ।

इन्जुरी समय १५ मिनेट खेलिएको थियो । खेलको ८३औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछी एभर्टन १० खेलाडीमा सीमित भएको थियो । तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन । जितसँगै एभर्टनले रेलिगेसन क्षेत्र बाहिर रहेको छ  । उसको २७ खेलबाट २५ अङ्क रहँदा १७औं स्थानमा छ। यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४औं स्थानमा छ । जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्