विश्वकप लिग-२ : नेपालले आज यूएईकाे सामना गर्ने



काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाल शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो। यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन् ।

जसमा नेपाल र यूएई दुवैले समान २ पटक जित हात पारेका छन् । लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अङ्कका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अङ्क जोडेर  छैटौँ स्थानमा  छ ।  

प्रतिक्रिया दिनुहोस्