बल्ल बल्याे बझाङमा राष्ट्रिय प्रसारण लाइनकाे बिजुली 



बझाङ: बझाङ जिल्ला पनि राष्ट्रिय प्रसारण लाइनसँग जाेडिएकाे छ । मंगलबार बिहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा ३३ केभी प्रसार गरेर एक सम्मेलन मार्फत जानकारी गराइएकाे हाे ।

 

चैनपुरमा बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएकाे छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्याेग धन्दालार्इ सहज भएकाे छ । मंगलबारदेखि नेपाल विद्युत प्राधिकरणले चैनपुर र अासपासमा विद्युत अापुर्ति गर्दै अाएकाे सुर्मादेवी जलविद्युत प्रालिसँगकाे सम्झाैता खारेज गरेकाे छ।  अब सुर्मादेवीले चैनपुरबाहिर र नेपाल विद्युत प्राधिकरणले चैनपुरमा विद्युत सेवा दिनेछन् । 

 

२०६४ सालमा बझाङसम्म लाइन विस्तारकाे चर्चा चलेपनि २०७२ कात्तिकदेखि पाेल गाड्ने काम सुरु भएकाे याे प्रसारण लाइन याेजनामा गत भदाैभित्रै पाेल र तार तान्ने काम सम्पन्न भएकाे थियाे । दसैं अगाडी विद्युत प्रवाह गर्ने प्रतिवद्वता जनाए पनि स्थानियबासीसँगकाे विवाद र डारेक्ट प्रवाह गर्न ट्रान्सफर्मर बझाङ नपुगेकाले ढिलाे भएकाे नेपाल विद्युत प्राधिकरण बझाङ शाखा प्रमुख राकेश भट्टले बताए । खाेड्पेखि चैनपुरसम्म ८५ किलाेमिटर लाइन विस्तार जिम्मा नरेन्द्रदावा जेभी कम्पनीले लिएकाे थियाे । 

 

सरकारले २०७१ साल अघि लाइन विस्तारका लागि अार्थिक वर्षकाे अन्ततिर अर्थात जेठमा १ कराेड बजेट विनियाेजन गर्ने र असारमा त्याे रकम फ्रिज जाने गरेकाले लाइन विस्तार प्रक्रिया अघि बढ्न सकेकाे थिएन ।

 

सरकारकाे याे पाराले बझाङमा लाइन विस्तार हुने छाँटकाट नदेखिएपछि संविधानसभा सदस्य अफिलाल अाेखेडा लगायतका जनप्रतिनिधिले सडक र सदनमा अावाज उठाएर बहुवर्षिय ठेक्का सम्झाैता अघि बढाउन अाग्रह गरेका थिए । त्यसपछि लाइन विस्तारले गति लिएकाे थियाे तर बैतडीकाे बजपानी जङ्गलमा लामाे समयसम्म सामुदायिक वनका रुख काट्न अनुमति नदिदा तार तान्न अवराेध भएकाे नरेन्द्रदावा जेभी कम्पनी प्रमुख भानुभक्त जाेशीले बताए । एक वर्षसम्म बझाङकाे स्याँडीका स्थानियबासी पाेल गाड्न नदिदा पनि लाइन विस्तारमा ढिलार्इ भएकाे जाेशीले बताए । 

 

जाेशीका अनुसार याे नयाँ विस्तार भएकाले केही प्राविधिक समस्या अाउन सक्छन् तर ठाउँमा प्राधिकरण र नरेन्द्रदावा जेभी कम्पनीका कर्मचारी खटिएकाले तुरुन्तै समस्या हल गर्न तयार रहेकाे जाेशीले बताए ।

 

चैनपुर अासपासका लागि सेलाखेत र तल्लाे क्षेत्रका लागि बाग्थलमा सवऔस्टेशन निर्माणाधिन अवस्थामा रहेकाले अबकाे दुर्इ या तीन महिनभित्रै शाखा लाइन विस्तार गरिने नेवि बझाङ शाखा प्रमुख राकेश भट्टले जनाए । 

 

अहिले नेपाल विद्युत प्राधिकरणले ३३.०४ केभी क्षमताका दुर्इवटा ट्रान्सफर्मरबाट प्रत्यक्ष लाइन जाेडेर चैनपुर बजारलार्इ मात्र विद्युत सेवा उपलब्ध गराएकाे छ । सेलाखेत र बाग्थलामा सव-स्टेशन निर्माण जारिरहेकाे र बंगलादेशबाट अावश्यक सामाग्री ल्याउन दुर्इ-तीन महिना लाग्ने ठेकेदार कम्पनी प्रमुख जाेशीले बताए । ठेकेदार कम्पनी नरेन्द्रदावा जेभीले तिहारपछि नेपाल विद्युत प्राधिकरणलार्इ लाइनकाे जिम्मा हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस्