रुससँग वार्ता गर्न अमेरिका र नेटोलाई चिनियाँ राष्ट्रपतिको आग्रह



एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन संकटको समाधानका लागि रसियासँग वार्ता गर्न अमेरिका र नेटोलाई आग्रह गरेका छन्। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो बैठकका क्रममा उनले अन्धाधुन्ध रुपमा गरिने प्रतिबन्धहरूको विरोध समेत गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

‘युक्रेन संकट हामीले हेर्न चाहेको कुरा होइन र यो घटनाले देशहरू सहमति खोज्न युद्ध मैदानमा नै उत्रिनुहुँदैन भन्ने कुरालाई पनि देखाएको छ। द्वन्द्व र टकराव कसैको हितमा हुँदैन, शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी महत्व दिनुपर्छ,’ सीले भने।

सीले चीन-अमेरिका सम्बन्धको वर्तमान अवस्थाको प्रत्यक्ष कारण अमेरिकी पक्षका केही व्यक्तिहरूले दुई राष्ट्रपतिबिच भएको महत्त्वपूर्ण साझा समझदारीलाई पालना नगर्नु र बाइडेनको सकारात्मक निर्देशनलाई पालन नगर्नु रहेको बताए। अमेरिकाले चीनको रणनीतिलाई गलत रुपमा बुझेको उनको भनाइ थियो।

करिब दुई घण्टा चलेको भेटवार्ता सी र बाइडेन दुवैले रचनात्मक भएको सहमति जनाएका थिए। दुई राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई सही मार्गमा फर्काउन ठोस कदम चाल्न र युक्रेन संकट समाधान गर्न आ(आफ्नो प्रयास गर्न दुवै पक्षका कार्य समूहहरूलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्