श्रमजीवी पत्रकार ऐन बनाउन र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न माग



धनगढी : नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सञ्चार क्षेत्रको विकासका लागि सञ्चार केन्द्र स्थापना लगायतको काममा सहयोग गर्ने बताएका छन् ।

 

नेपाल पत्रकार महासंघ कैलालीले मंगलबार आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शाहले प्रदेशस्तरीय सूचना आयोग गठन, प्रदेशस्तरीय सञ्चार नीति बनाउने लगायतको काममा प्रदेश सरकारले महासंघसँग समन्वय गर्ने बताए ।

 

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकारले शुभकामना आदानप्रदान गर्नुका साथै पत्रकारका समस्या र चूनौतिको बारेमा मन्त्री शाहलाई जानकारी दिदै सञ्चार नीति तयार गर्न, प्रदेशस्तरीय सूचना आयोग गठन गर्न, प्रदेशमा श्रमजीवी पत्रकार ऐन बनाउन र पत्रकारको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्