भारत हार्दा श्रीलंका बाहिरियो, सेमिफाइनल होडमा ५ टिम, को-को पुग्लान् अन्तिम चारमा?



इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसी विश्वकप क्रिकेट २०१९ मा लग चरणमा ३८ खेल भइसकेका छन्। अब लिगको ७ खेल मात्र मात्र बाँकि रहँदा एक टोली मात्र सेमिफाइनल पुगेछ। अहिलेसम्मको खेलपछि सेमिफाइनल होड रोचक बनेको छ।

विश्वका उत्कृष्ट १० राष्ट्रबीच भइरहेको विश्व कपमा यस पटक राउण्ड रोविन लिग अनुसार सबैले सबैसँग खेलिरहेका छन्। साविक विजेता अष्ट्रेलियाले सेमिफाइनल स्थान पक्का गरिसक्दा बाँकी ३ टिमको निर्णय हुन बाँकी छ। त्यसका लागि अझै ५ टिम होडमा छन्।

आइतवार घरेलु टोली इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेपछि श्रीलंकाको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।

श्रीलंकाको ८ खेलबाट ६ अंक मात्र छ र अंक तालिकामा सातौँ स्थानमा छ। श्रीलंकाले अब भारत र वेष्ट इन्डिजसँग खेल्न बाँकी छ। यसखघि नै दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तान समूह चरणबाटै बाहिरिसकेका छन्।

यस्तै भारतको अपराजित यात्रा टुङ्गाएको इंग्ल्याण्ड ८ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। समान खेलबाट ९ अंक रहेको पाकिस्तान पाँचौमा झरेको छ भने ७ खेलबाट ७ अंक रहेको बंगलादेश छैटौं स्थानमा छ।

अब लिग चरणमा बाँकी रहेका ७ मध्ये इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड, भारत विरुद्ध बंगलादेश र बंगलादेश विरुद्ध पाकिस्तानको खेल महत्वपूर्ण छ। यी खेलको नतिजाले सेमिफाइनल पुग्ने बाँकि टिमको टुङ्गो लगाउनेछ।

अष्ट्रेलिया सेमिफाइनलमा छनोट भइसकेको छ भने भारत र न्यूजिल्याण्डलाई अब सेमिफाइनल पुग्न १-१ अंक भए पुग्छ।

घरेलु टोली इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाउन न्यूजिल्याण्ड विरुद्धको अन्तिम खेल जित्नैपर्छ। यदी इंग्ल्याण्ड पराजित भएपनि पाकिस्तान र बंगलादेशबीचको नतिजा आफ्नो पक्षमा आए इंग्ल्याण्ड चौथो हुँदै सेमिफाइनल पुग्नेछ।

यदी इंग्ल्याण्ड विजयी भएमा भने पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ र न्यूजिल्याण्ड पनि फराकिलो अन्तरमा हार्नुपर्नेछ। उता बंगलादेशले भने सेमिफाइनल पुग्न अब भारत र पाकिस्तान विरुद्धको दुवै खेल जित्नुपर्नेछ र इंग्ल्याण्डले पनि न्यूजिल्याण्डसँग हार्नुपर्नेछ।

अंक तालिकामा शीर्ष चार स्थानमा रहने टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछन्। जहाँ पहिलो स्थानमा रहनेले चौथो स्थानको टिमसंग पहिलो सेमिफाइनल खेल्नेछ र दोस्रो र तेस्रो स्थानमा रहनेले दोस्रो सेमिफाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्