विश्वकपमा कोहलीको अर्को कीर्तिमान



एजेन्सीः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत भारतीय कप्तान विराट कोहलीले एक रोचक कीर्तिमान बनाएका छन् । कोहलीले इंग्ल्याण्डविरुद्धको खेलमा ६६ रन बनाएका थिए । जारी विश्वकपमा कोहलीको यो पाँचौ अर्धशतक हो । यससँगै उनी विश्वकपमा लगातार पाँच वटा अर्धशतक बनाउने पहिलो कप्तान खेलाडी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्